प्रदेश

एमालेको सबै सरकार सकियोः अब पुर्ण प्रतिपक्षमा ।



काठमाण्डौं, १५ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य ६८ दिनमै राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सबै प्रदेश सरकार सकिएको  छ । तत्कालीन वाम गठबन्धनमा चारवटा प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको एमालेले तत्कालीन नेकपा र पछिल्लो समय एमालेमै विभाजन आएपछि सबै सरकार छोड्नु परेको हो । प्रदेश १ मा एमाले एकल बहुमतमा रहे पनि पार्टी विभाजित हुँदा १० भदौमा नियुक्त आचार्यले छोटो समयमै सरकार छाड्नु परेको हो ।

आचार्यअघि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र वागमतीमा अष्टलक्ष्मी शाक्य हटिसकेका छन् । संघीय सरकारको समेत नेतृत्व गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २८ असारमा सर्वोच्चको परमादेशका कारण सरकार छाड्नु परेको थियो । संघ र प्रदेशका सबै सरकार गुमाउनु परेपछि अब एमाले ‘पूर्ण प्रतिपक्ष’ बनेको छ ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६