बुटवल, १६ कार्तिक । बुटवलमा २ दिने सिर्जनशील चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा भएको चित्रकला प्रदर्शनीको आज सकिएको हो । चित्रकला प्रदर्शनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका थिए । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको चित्रकला प्रदर्शनीमा १ हजार ६०० जनाले अवलोकन गरेका थिए ।
बुटवल उपमहानगर भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठानअन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीसँगको सहकार्यमा चित्रकला प्रदर्शनी भएको हो । प्रदर्शनीमा चित्रकलासम्बन्धी विषयवस्तुहरु प्रस्तुत गरिएको थियो । प्रर्दशनमा राखिएका चित्रकलाको सुक्ष्म अध्ययन गरेर सो चित्रकलाका विषयमा जिज्ञासा राख्दै विद्यार्थीहरुले ज्ञान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया