अर्थ-वाणिज्य

स्थानीय तहको बजेट बिनियोजन र खर्च प्रणालीमा गंभिर प्रश्न उठेको सांसद घिमिरेको दावि



कपिलबस्तु १६ कार्तिक । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले वर्तमानमा सूचना प्रविधीको उच्चतम प्रयोग भई रहेकाले वजेट विनियोजन र खर्च गर्ने पद्धतीमा पनि आमुल परिवर्तनको आवश्यकता औल्याउनु भएको छ । उहाले  स्थानीय सरकार र प्रदेश सरकार बीच प्रतिस्पर्धाको जमानामा बजेट छुट्टाएर मात्र नहुने भन्दै त्यसको सही सदुपयोग र नतिजाको  उचित मूल्यांकन जरुरी हुने वताउनु भएको हो । 

जिल्ला समन्वय समिती कार्यालय कपिलबस्तुको पाँचौ बार्षिक समिक्षा गोष्ठिको शुभारम्भ गर्दै उहाले यस्तो वताउनु भएको हो । जिल्ला समन्वय समिती कपिलबस्तुको आयोजनामा जिल्ला अन्तरर्गतका नगरपालिका , गाउँपालिका तथा कार्यालयहरुको आर्थिक बर्ष ०७७/०७८ को बार्षिक समिक्षा एक कार्यक्रमको आयोजना गरि तौलिहवामा सम्पन्न गरिएको छ । 


कार्यक्रमलाई संबोधन गर्दै यस्तै प्रतिनिधी सभा सदस्य अभिशेष प्रताप शाहले स्थानियतहरुका लागि माथिल्ला सरकारले उपयुक्त रुपमा बजेट बिनियोजन गरेको छ तर स्थानियतहले बिगत ४ बर्षदेखि बजेट सक्ने काम मात्र सिक्दै आएको बताउनु भयो । राष्ट्रिय सभा सदस्य दिर्घ नारायण पाण्डेयले स्थानितह बिकास निर्माणका लागि प्रमुख अंग भएकोले जनताको ईच्छा र आकांक्षा अनुसार बिकास निर्माणका कार्यगर्न आग्रह गर्नु भयो ।

सम्पुर्ण सहभागिहरुको तर्फबाट शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले समिक्षा कार्यक्रमको आयोजना गरेकोमा जिल्ला समन्वय समितिलाई धन्यवाद दिनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बार्षिक समिक्षा आयोजना गरेकोमा जिल्ला समन्वय समितीलाई धन्यबाद दिंदै कामहरु गर्ने क्रममा धेरै चुनौती तथा समस्याहरु रहेको बताउनु भयो । जिल्लाका दश स्थानियतहमा कोभिड १९ को समयमा बिद्यालयहरु बन्द रहँदा समेत पनि शुल्क उठाएको गुनासो आएको हुँदा नियन्तरणका लागि स्थानियतहले कुनै पहल नभएको बताउनु भयो। 


कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले ०७७/०७८ मा भएका प्रगती बिवरण प्रस्तुत गर्नु भएको थियो  । जिल्लाका १० स्थानीयतहका प्रमुख प्रशसकिय अधिकृतहरुले आ आफ्नो स्थानीयतहमा भएका प्रगती बिवरणहरु प्रस्तुत गरेका थिए । कार्यक्रम समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षता , उपप्रमुख तारवती चौधरीको स्वागत तथा जिल्ला समन्वय समितिका नासु कमला पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६