जीवनशैली

दाङका स्थानीय निकायमा बेरुजुको चाङ



दाङ १५ कार्तिक । दाङका स्थानीय निकायमा बेरुजुको चाङ लागेको छ । जिल्लाका केही स्थानीय तहको बेरुजु रकम सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा बेरुजुको चाङ लागेको छ । महालेखा परीक्षणको कार्यालयले दाङका दश स्थानीय तहमा एक अर्ब ५ करोड २२ लाख ३४ हजार रुपैयाँको बेरुजु देखाएको हो । उपभोक्ताको नाममा मनोमानी खर्च देखिएको छ ।

पालिकाहरूमा डोजर बेरुजु, जनप्रतिनिधिका स्वकीय सचिव र सल्लाहकारका नाममा बेरुजु, सचिवालयको नामको बेरुजु तथा नीति विधि मिचेर गरिएको गतिविधिको बेरुजु बढी रहेको छ । गत आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा दोब्बर बेरुजु देखिएको हो । वर्षेनी बेरुजुको चाङ बढे पनि जनप्रतिनिधि र पालिकाहरू भने यस विषयमा गम्भीर देखिएका छैनन् ।

कुन पालिकामा कति बेरुजु ?

घोराही उपमहानगरपालिकाको ३० करोड ९७ लाख बेरुजु रहेको छ । बेरुजु रहेको रकममध्ये पेस्की बेरुजु ६ लाख रुपैयाँ छ । उपमहानगरपालिकाको यस वर्षको बेरुजु ११ करोड १२ लाख रुपैयाँ छ । यस वर्षको बेरुजु प्रतिशतमा २.८१ छ । घोराही उपमहानगरपालिकामा ३ अर्ब ९५ करोड २५ लाख रकमको लेखा परीक्षण गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिकामा ३३ करोड ६८ लाख बेरुजु रहेको छ । बेरुजुमध्ये पेस्की बेरुजु १५ करोड रुपैयाँ छ । यस वर्षको बेरुजु १३ करोड ७० लाख रुपैयाँ थप भएको छ । यस वर्षको बेरुजु प्रतिशतमा ३.७३ प्रतिशत रहेको छ । यस उपमहानगरपालिकामा ३ अर्ब ६७ करोड १९ लाख रकमको लेखापरीक्षण गरिएको थियो ।

लमही नगरपालिकामा १६ करोड ५८ लाख ८२ हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन १४.१२ प्रतिशत हो । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बेरुजु कटाउन कागजपत्र पेस गरिए पनि रकम कट्टा नहुँदा यस वर्ष बेरुजुको रकम धेरै देखिएको हुन सक्ने बताए । सबैभन्दा थोरै बेरुजु बबई गाउँपालिकाको छ ।

राप्ती गाउँपालिकामा दुई करोड ९१ लाख ३६ हजार रुपैयाँ छ । जुन २.६५ प्रतिशत हो ।बबई गाउँपालिकाको ७२ लाख ३९ हजार बेरुजु देखिएको छ । जुन ०.८९ प्रतिशत मात्रै हो । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बेरुजु रकम घटाउन योजनावद्धरुपमा काम अघि बढेको प्रतिक्रिया दिएका छन् । गढवा गाउँपालिकामा चार करोड २६ लाख २९ हजार बेरुजु रकम छ । जुन ४ प्रतिशत हो । दंगीशरण गाउँपालिकाको एक करोड ७९ लाख १५ हजार छ । जुन ३.०६ प्रतिशत हो ।

बंगलाचुली गाउँपालिकामा छ करोड ५३ लाख ८३ हजार छ । जुन ५.६१ प्रतिशत हो । राजपुर गाउँपालिकाको चार करोड ८१ लाख ३७ हजार रुपैयाँ छ । जुन ६.०४ प्रतिशत हो । शान्तिनगर गाउँपालिकाको एक करोड ७६ लाख ९४ हजार रुपैयाँ छ । 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६