प्रदेश

निष्पक्ष समाचार बाहिर ल्याउँदा पत्रकारिताको गरिमा माथि उठ्छः मन्त्री पौडेल



बेनी, १६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले  निष्पक्ष समाचार पुष्टि गरेर बाहिर ल्याउँदा प्रेस र पत्रकारिताको गरिमा बढ्ने बताउनुभएको छ । आज (मङ्गलवार) प्रेस सेन्टर नेपाल जिल्ला समिति म्याग्दीको सदरमुकाम बेनीमा चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

मन्त्री पौडेलले नेपालको संविधानले प्रेसलाई नागरिकको लोकतान्त्रिक अधिकारको प्रकटीकरण गर्ने अधिकारका रूपमा उल्लेख गरेको बताउनुभयो । उहाँले झन्डै ७० वर्षसम्म कुण्ठा, आफ्ना विचार र दृष्टिकोण अभिव्यक्त गर्न नपाएको, स्वतन्त्रता प्रकट गर्न नपाएको स्थितिबाट अगाडि बढेर हक अधिकारहरू प्रकटीकरण गर्ने अवस्थाको सिर्जना गरिएको बताउनुभयो । 

मान्छेका व्यक्तिगत भनाइ, दृष्टिकोण तथा सोचलाई जस्ताको तस्तै प्रतिस्पर्धा गर्न पाउने प्रणालीको व्यवस्था गरिएकाले त्यसको अगुवाइ प्रेसले गर्ने मन्त्री पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘पुष्टि नभएका, हुँदै नभएका कुराहरू कसैलाई ओराल्नपर्‍यो भने र झराल्नपर्‍यो भने अनावश्यक रूपमा गलत उद्देश्यले प्रेरित भएर प्रेसले चाहिँ आफ्नो गरिमामय भूमिकालाई त्यो ठाउँमा नपुर्‍याओस् ।’

मन्त्री पौडेलले भन्नुभयो, ‘कसैको चाहना, कसैको इच्छामा कसैलाई झराल्न र कसैलाई माथि ल्याउनका निम्ति नगरेका कुराहरूको बनावटी समाचार बनाएर सम्प्रेषण गरियो भने त्यसको गुमराह आफैँतिर फर्किएर आउँछ । त्यसले आफैँलाई राम्रो गर्दैन । आज–भोलि कहिलेकाहीँ पुष्टि नभएका कुरा कसैले भनिदियो भने त्यत्तिकै बाहिर सार्वजनिक गरिहाल्ने र उसलाई नैतिक धरातलमा पुर्‍याइदिने क्रियाकलापबाट प्रेस जोगिनुपर्छ । त्यसैले मात्र प्रेसको गरिमा र पत्रकारितालाई माथि उठाउँछ ।’

फरक प्रसङ्गमा मन्त्री पौडेलले उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले म्याग्दीलाई एउटा सेन्टर पोइन्टु को रूपमा विकास गर्न लागेको बताउँदै पर्यटनको केन्द्र बन्ने बताउनुभयो । उहाँले अब म्याग्दीले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत नागरिकसँग जोडिएका प्रश्नहरूको बारेमा आफूलाई तिखारेर राज्यसँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो । 

म्याग्दीमा क्रियाशील पत्रकारलाई लक्षित गर्दै मन्त्री पौडेलले जिल्लाका समस्याहरू, अगाडि बढाउनुपर्ने कामहरू र महत्त्वपूर्ण कामहरूलाई सञ्चारमाध्यममार्फत जोड दिएर प्रचारप्रसार गर्न सुझाव दिनुभयो । उहाँले आफूलाई मन्त्रीको रूपमा मात्र नभइ एउटा नजिकको सहयोगी र मित्रको रूपमा सम्झिएर जिल्लाका समस्याहरूको बारेमा जानकारी गराउन आग्रह गर्नुभयो ।   

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६