प्रदेश

शिवराजमा कांग्रेसका नेता सहित ६३ जना एमालेमा प्रवेश ।



कपिलवस्तु, १६ कार्तिक । कपिलवस्तु नेपाली कांग्रेस ईकाई उपसभापति रेगमान गिरी काग्रेस पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले शिवराज वडा नं. ३ को वडा कमिटिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा शिवराज नगरपालिका ३ मदवामा बसोबास गर्दै आउनु भएका कांग्रेसका प्रभावशाली स्थानीय नेता गिरी सहित ६३ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलले जानकारी दिनुभएको छ ।

कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशी गिरीले बताउनुभयो ।

नवप्रवेशीलाई नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले जिल्ला सचिवालय सदस्य अर्जुन कुमार केसि ,जिल्ला कमिटी सचिवालय सदस्य शिवकुमारी चौधरी, एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल ,उपाध्यक्ष महादेव पोख्रेललगायतले अविर तथा खादाँ पहिर्याएर स्वागत गर्नु भएको थियो ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६