कपिलवस्तु, १६ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरको सभाहलमा मंगलबार बसेको बैठक विभिन्न निर्णय गर्दै सकिएको हो । बैठकले कृषि विकास शाखाको बजेट स्वीकृत गरेको छ । जसअन्तरगत कृषिसंग सम्बन्धित विभिन्न कृषि उपज खरिद, कृषि उपकरण तथा विउविजन रहने छन् । यस्तै बैठकले होमस्टे संचालनका लागी कार्यविधि स्वीकृत गरेको वडा नं.२ का वडाध्यक्ष समेत रहेका नगरका प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिए । पौडलका अनुसार बैठकले बहुक्षेत्रीय पोषण कार्यक्रम पनि स्वीकृत भएको छ ।
जस अन्तरगर्त खानेपानी तथा सरसफाई तर्फको रु ८ लाख महेन्द्र मा.वि. कोपवाको शौचालय निर्माण लागी रहने छ । यस्तै बैठकले शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नगरवासीलाई शुभकामना दिर्दै चार्डपर्व संयमित भएर मनाउन तथा कम खर्चिलो गराउन आग्रह गरेको छ ।
नगरले जिल्ला प्रशासनले जारी गरेको निर्देशिकालाई मध्येनजर गरेर देउसीभैलोका गतिविधि संचालन गर्न आव्हान गरेको प्रमुख प्रशासकिय अधिकृत वासुदेव खनालले जानकारी दिए ।
प्रतिक्रिया