प्रदेश

बुटवलको सलाई उद्योगमा आगलागी, चार करोड बढीको क्षति ।



बुटवल, १७ कार्तिक । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो । आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले दाबी गरेका छन् ।

रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डीएसपी केसीले बताए । उक्त उद्योग राजेन्द्र ढकाललगायत पाँच जनाको साझेदारी लगानीमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६