प्रदेश

बुटवलबाट ब्राउनसुगर सहित चार जना पक्राउ ।



बुटवल, १७ कार्तिक । रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा ४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा(३ का केशव गिरी र बुटवल उपमहानगरपालिका ११ का दीपक नेपाली पक्राउ परेका हुन् ।

बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल १७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल बस्ने रवी लामा रहेका छन् । उनको साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६