काठमाडौं १७ कात्तिक । नेकपा एमालेले दशौं राष्टिय महाधिवेशनका प्रतिनिधिलाई लेवी तोकेको छ । एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकबाटै महाधिवेशन प्रतिनिधिहरुबाट शुल्क लिने गरी ब्यवस्था भएको जानकारी दिनुभयो ।
एमालेको दशौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उउदघाटन सत्रमा कम्तीमा ५ लाख उतार्ने योजनासहित अघि बढेको एमालेले महाधिवेशनमा स्वत प्रतिनिधि हुनेलाई ३ हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई दुई हजार शुल्क तोकिएको महाधिवेशन प्रचार उपसमितिका संयोजकसमेत रहनुभएका सचिव भट्टराईले जानकारी दिनुभयो । केन्द्रीय कमिटी र केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य स्वतः प्रतिनिधि हुने ब्यवस्था एमालेको बिधानमा छ ।
एमालेको दशौं महाधिवेशनमा १९ सय ९९ सदस्य रहने अनुमान गरिएको छ । एमालेले महाधिवेशनको लागि आर्थिक बिभागको प्रमुखमा मुल ब्यवस्थापन समितिका सचिवसमेत रहनुभएका स्थायी कमिटी सदस्य बिष्णु रिमाललाई तोकेको छ ।








प्रतिक्रिया