प्रदेश

सर्लाहीमा स्यालले टोक्दा ५ जना घाइते ।



सर्लाही, १७ कार्तिक । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । स्यालले मानिसलाई टोकेपछि स्थानीयवासी त्रसित भएका छन् ।  उखु बारीबाट गाउँ पसेको स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपछि स्थानीयवासीमा त्रास बढेर गएको वडा नम्बर ८ का अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो ।

स्यालले टोकेर घाइते भएका सबै जनालाई रेबिजविरुद्धको खोप लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । स्याल गाउँबाट हरिपुरको नहर हुँदै भागेर जङ्गल पसेको स्थानीयवासीले बताएका छन् ।  

प्रकाशित : १८ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६