प्रदेश

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै ।



काठमाण्डौ , १८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्डको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि कोप–२६० को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिइ आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

प्रधानमन्त्री नेतृत्वको टोली आज कतार एयरवेजको उडानबाट दोहा हुँदै दिउँसो २ बजे काठमाण्डौ आइपुग्नेछ । प्रधानमन्त्रीसहितको नेपाली टोली गएको १२ गते लण्डन गएको थियो । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहनुभएकाले उहाँ बाहेक भ्रमण टोलीमा रहनुभएका अन्य सबैजना स्वदेश फर्किँदै हुनुहुन्छ ।

स्वदेश फर्कनुअघि आज प्रधानमन्त्री देउवाले स्कटल्यान्डको इडेनवर्गमा रहेको रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उहाँको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै यो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोप्नुभएको थियो ।

पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो ।

प्रधानमन्त्री देउवाले गएको सोमवार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भइ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो ।  

प्रकाशित : १८ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६