प्रदेश

कपिलवस्तुमा संचालित गुमानसिंह कोल्ड स्टोरेजको ‘Country Apple’ बजारमा



 कार्तिक १८, कपिलवस्तु – कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं।६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्रा।लि।ले स्वदेशी स्याउँलाई ब्रान्ड्रिङ गरि ‘Country Apple’ को रुपमा बजारमा ल्याएको छ । “मिठो स्वाद, स्वदेशी सुवास” भन्ने उद्देश्यका साथ एक्सपोर्ट क्वालिटीको स्वदेशी स्याउ बजारमा ल्याईएको कम्पनीका प्रबन्ध निर्देशक अच्युत टण्डनले बताउनुभयो ।

साथै दुर(दराजका स्वदेशी उत्पादनलाई गुणस्तरयुक्त ब्राण्डका रुपमा राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा स्थापीत गराउने कम्पनीको महत्वकांक्षी लक्ष्य रहेको छ ।

स्वदेशी उत्पादनले बजार पाउन नसकेको अवस्थामा देशका कृषकहरु मारमा परिरहेकाले आगामी दिनमा कृषकसंग हातेमालो गरि आफ्नै माटोको उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थापन गरिने कम्पनीका मुख्य बजार व्यवस्थापक किरण खड्काले बताउनुभएको छ । नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरि बजारमा ल्याइएको ‘country apple’ बजारमा अत्याधिक रुचाईएको छ ।

प्रकाशित : १८ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६