एजेन्सी, १९ कार्तिक । चीनले उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पठाएको पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा प्रवेश गरेको छ । ‘गुआङ्मु’ नाम दिइएको उक्त उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले शुक्रबार बिहान १०ः १९ मा ९बेइजिङ समय० मा अन्तरिक्षको कक्षमा प्रवेश गरेको हो ।
प्रक्षेपण केन्द्रका अनुसार यो प्रक्षेपण ३९५ औं हो । साथै, चाइनिज एकेडेमी अफ साइन्सेज द्वारा विकसित, उपग्रह विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह पनि हो ।
उपग्रहले मानव र प्रकृति बीचको अनुगमन, मूल्याङ्कन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सहयोग पुर्याउने बताइएको छ ।
प्रतिक्रिया