काठमाडौँ, २१ कार्तिक । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ । यसअघिको ‘अल्टिमेटम’अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै आज (आइतबार) थप आन्दोलनका कार्यक्रम घोषणा बारको तयारी छ ।
बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै गरेको थियो । आज देशभरका ९० बार इकाइसँग भर्चुअल छलफल गरेर जबराको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गरिने नेपाल बारले जनाएको छ ।
आजको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्व सडक आन्दोलनदेखि देशभरका अदालतमा बहस वहिष्कारसम्मका अजेन्डामा छलफल हुने जनाइएको छ ।
यसअघि बारले विभिन्न चरणमा सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन गरेका थिए । त्यसैगरी बारले यसअघि नै देशभरका ९० वटा इकाइहरुलाई आन्दोलनमा ऐक्यवद्धता तथा सहभागिता जनाउनसमेत परिपत्र गरेको थियो ।








प्रतिक्रिया