अन्तर्राष्ट्रिय

इराकी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण, ६ घाइते ।



काठमाण्डौ, २१ कार्तिक ।  इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमीको निवासमा ड्रोन आक्रमण भएको वीवीसीले जनाएको छ ।   राजधानी बग्दादको ग्रीन जोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण भएको हो । आक्रमणमा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री कादिमीले भने आफू सुरक्षित रहेको बताउनु भएको छ ।  उहाँले इराक र इराकी नागरिकको हितका लागि शान्त र धैर्य बन्न आग्रह गर्नु भएको छ ।

यस्तै, अमेरिकाले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको निवासमा भएको ड्रोन आक्रमणको भर्त्सना गरेको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्ति निकालेर आक्रमणलाई आतङ्कवादको संज्ञा दिनु भएको छ । केही दिन यता इराकमा चुनावको परिणामलाई लिएर ग्रीन जोन नजिकै विरोध प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित : २१ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६