गौर २१ कात्तिक । एमाले नेता तथा पूर्वमन्त्री प्रभु साहले प्रचण्डले गद्धारीमा सवैलाई उछिनेको बताउनु भएको छ । दीपावली तथा छठ पर्वको अवसरमा शनिबार रौतहटको कटहरीया नगरपालिका १, भसेढवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता साहले यस्तो ठेकुवा गर्नुभएको हो ।
उहाँलेकांग्रेसको पुच्छर बनेर प्रचण्डले जनयुद्ध र शहिद समेतको अपमान गरेको बताउनु भयो । उहाँले विगतमा कांग्रेसी फाँसीवादको विरुद्ध युद्ध गरेर किसान मजदुरको रगत बगाएर प्रचण्डले अन्तिममा कांग्रेसकै लंगौटी बनेर केशरजंग रायमाझीको नयाँ रुप देखाएको टिप्पणी गर्नुभयो । नेता साहले सर्वहारावर्गको मत लिएर प्रतिक्रियावादी शरणमा पुगेर प्रचण्डले आफ्नो पतनको दिशा आफै चयन गरेको बताउनु भयो ।
‘हिजो कांग्रेसी फाँसींवादको विरुद्ध भीषण युद्धमा किसान मजदूरको रगत पसिनाबाट नेता बनेका प्रचण्ड गत निर्वाचनमा कांग्रेसको विरुद्ध जनताको मत लिएर आज त्यही कांग्रेसीको लंगौटी बनेको छ । प्रचण्डको यो गद्दारीको कदम नेपाली ईतिहासमा नौलो होईन, केशरजंग रायमाँझी प्रवृतिको पुनरावृत्ति हो’ साहले भन्नुभयो ।
उहाँले माओवादी केन्द्र एउटा पसलमा सिमित भएको पनि साहले बताउनु भयो । ‘अहिले तपाईहरुलाई लाग्न सक्छ प्रचण्ड नै माओवादी हो भनेर । तर, नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो, खास अर्थमा भन्ने हो भने एउटा पसलको रुपमा मात्र बाँकी रहेको छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको छ । माओवादी विचार, विरासत, मुद्दा र महान शहिदहरुको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएको छ’ साहले भन्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेता त्रिभुवन साह, सो वडाका वडाध्यक्ष राजकुमार साह, आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह तुरहा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया