प्रदेश

कोभिडको घट्दो प्रभाव : कूल संक्रमित ८ हजार भन्दा न्यून



काठमाडौ २२ कार्तिक । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको छ । आईतबार थप पाँच सय ६३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय १३ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको यो पहिलो पटक हो ।

नेपालमा अहिलेसम्म सात लाख ९५ हजार तीन सय ९७ जना कोरोनाबाट निको भएका छन् । थप एक सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार तीन सय ३३ जनाको नमुना परीक्षण गर्दा ६ दशमलव १२ अर्थात् एक सय ४३ जनामा सङ्क्रमण देखिएको हो । आईतबार थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १४ हजार पाँच सय ५८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यही अवधिमा नौ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ४८  पुगेको छ । शनिवार तिहारको भाइटीका परेकाले आईतबार कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।   

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६