कपिलवस्तु २२ कार्तिक । तराई लगाएत मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ । यो संगै छठपूजाको तयारीका लागि किनमेल उच्च भएको छ । तर सस्तो पाइने वहानामा ,भारतीय सीमामा दिनदहाडै नेपाली ठगिने क्रम हवात्तै बढेको छ । नेपालको तुलनामा भारतमा सस्तो पाइने भनेको चिनी मात्र हो । अरु सबै नेपालमा भन्दा महंगोपर्छ । तर नेपालीहरु यो तथ्य नबुझी भारत तर्फ दौडिरहेका छन् ।
यता दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् ।
अहिले छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदी तटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा गर्ने ठाउँमा नै बस्छन् भने ग्रामीण क्षेत्रमा धेरैजसो व्रतालु बेलुका घर फर्किछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् ।तर कपिलवस्तुमा भने यस्तो छैन । व्रतालु घरमै बसेर पूजा गर्न जाने गर्छन । छठ मनाउँदा चर्म रोग निको हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
प्रतिक्रिया