कपिलवस्तु २२ कार्तिक । यसपालीको तिहार कपिलवस्तुकालागि सुखद र सुरक्षित रहेको छ । विगतमा जस्तो मूर्ति विसर्जनका नामा हिन्दु मुस्लिम बीच अप्रिय घटना हुनवाट पूर्णत रोकिएको छ । शान्ति र सदभावको सन्देश प्रवाह भएको छ ।औसी अर्थात् लक्ष्मी पुजा देखि पुजाआजाका लागि कपिलबस्तुमा राखिएका गणेश लक्ष्मीका मूर्ति आज विसर्जन गरिएको छ ।
कपिलबस्तु जिल्लाभरका विभिन्न ठाउँमा राखिएका गणेश लक्ष्मीका मूर्ति ३ दिनसम्म पुजा आराधना गरी आज धुमधामका साथ बिभिन्न नदी, ताल,तलैयामा विसर्जन गरिएको हो । यस्तै मुर्ती बिसर्जनका बिषय शंबेदनसिल मानिने जिल्लाको कृष्णनगरमा राखिएका गणेश लक्ष्मीका मूर्तिलाई शान्तिपूर्ण तरिकाले कृष्णनगर नगरपालिका स्थित बढैया तालमा बिसर्जन गरिएको छ।
मुर्ति बिसर्जनमा कुनै पनि सामाजिक सदभाब नखल्बलियोस भनेर हिन्दु धर्म गुरु, मुस्लिम धर्म गुरु, मुस्लिम अगुवा कृष्णनगर नगरपालिका लगायत बिभिन्न स्थानमा मूर्ति विसर्जन गर्न लागि सम्बन्धित स्थान र सडकमा समेत करिव ५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक दान बहादुर काकी बताउनु भयो ।
बिगत केही बर्ष यता कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समूदायबीच हुने झपडलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले मूर्ति बिसर्जनका लागि कडा सुरक्षा व्यवस्था मिलाएको थियो । सुरक्षा व्यवस्था मिलाउन कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की,सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक ध्रुव बहादुर कार्की, कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह आफै सडकमा तैनाथ रही भिड व्यबस्थापन गरेका थिए ।
प्रतिक्रिया