प्रदेश

मुख्यमन्त्री पाण्डेको मत माग्दै भने फजुल खर्च घटाउँछु, आम्दानी बढाउँछु ।



काठमाडौं,२२ कात्तिक। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आर्थिक अनुशासन पालना गर्ने र फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्छौं, फजुल खर्च घटाउँछौं, अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गर्छौं’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले गरेको कामको स्वेत पत्र जारी गर्ने पनि बताएका छन् । उनले प्रदेशको आम्दानी बढाउने र जनताको जायज माग पूरा गर्ने पनि बताए । विकास बजेट विनियोजनमा विगतमा असन्तुलन देखिएको भन्दै अब सन्तुलन बनाउने बताए ।

‘विगतमा कुनै निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना पर्दै परेन कुनै निर्वाचन क्षेत्रमा धेरै परे । बजेट विनियोजनमा सांसदहरुमा पक्षपात गर्दैनौं’ उनले भने । मुख्यमन्त्री पाण्डेले असम्भव योजनामा हात हालेर समय बर्बाद नपार्ने र सम्भव योजना पूरा गर्ने पनि बताए ।

उनले समयमा बजेट खर्च गर्न क्यालेन्डर बनाएर काम गर्ने र बजेट खर्चमा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने पनि बताए । हालसम्म प्रदेश सरकार सञ्चालन ऐन नरहेको भन्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकार सञ्चालन ऐन ल्याउने पनि बताए ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६