पर्यटन

पर्यटन बोर्डका सीईओ रेग्मीसँग लिखित स्पष्टीकरणको माग



काठमाडौं, २२ कात्तिक। सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग्ने भएको छ । सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिबार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे जानकारी लिएका थिए । सो क्रममा मन्त्रालयको तर्फबाट   र्दुव्याबाहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनमा कुराकानी गरिएको छ । मन्त्रालय स्रोतका अनुसार दुबै पक्षसँग कुराकानी गरेसँगै मन्त्रीले बोर्डका सीईओसँग लिखित स्पटीकरण माग गर्न निर्देशन दिएका छन् ।

सोही अनुसार बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले लिखित स्पष्टीकरण माग गर्ने भएका छन् । उता, बोर्डले भने एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई उचालेर ठूलो बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ । कर्मचारीसँग भएको सामान्य भनाभनलाई हात हालेको भन्दै उचालिएको र सीईओले मापसे सेवन गरेको विषय समेत झुट रहेको बोर्डको दावी छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६