अर्थ-वाणिज्य

भारतीय एसएसवि आइतबार नेपाली भूमिमा हतियारसहित प्रवश



नवलपरासी २२ कार्तिक  । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसविले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरेका छन् ।

नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्ताको विवादित स्थानबाट आइतबार भारतीय सुरक्षा बल एसएसविको एउटा टुकडी अनाधिकृत रुपमा नेपाली भूमिमा हतियारसहित प्रवेश गरी नेपाली भूमिको नापजाँच गरेको सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताउनुभयो ।

भारतीय सुरक्षाकर्मी एसएसबीको एउटा टोली अनाधिकृत रुपमा नेपाली भूमिमा प्रवेश गरेर नेपाल तर्फको सुस्ताको भूभाग फित्ताले नापजाँच गरेको र नेपाली भूमिबाट भारतीय सुरक्षा फौजले ड्रोन समेत उडाएको सुस्ताका स्थानीयवासी कैलन हरिजनले बताउनुभयो ।
करिब १२ जनाको टुकडीले झोलुङगे पुलदेखि करिब १५० मिटरको दुरीमा आई नेपाली भूमिको नापजाँच गरेका थिए । यो घटनाको जानकारी स्थानीयवासीले सुस्तास्थित सुरक्षा पोष्टमा गराइएको थियो ।

स्थानीयवासीले तत्काल नेपाली सुरक्षा कर्मीलाई सूचना गरेपछि माथिल्लो निकायमा सूचना दिने भन्दै अलमल गरेर पछि त्यहाँ पुग्दा भारतीय एसएसवी त्यहाँबाट गैसकेको थिए ।

स्थानीयवासीले भारतीय एसएसवी नेपाली भूमिमा पसेको खबर पाएको भए पनि आधिकारिक रुपमा पुष्टि हुन नसकेकाले सो बारेमा थप बुझ्नका लागि सोमबार प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा कर्मीको टोली घटनास्थलतर्फ हिँडेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र्र कुमार मिश्रले बताउनुभयो ।

गत वर्ष पनि भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भूभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गरेकोमा अहिले नापजाँच गर्ने फित्ता (स्केल) र रजिस्टार बुक लिएर सुस्तामा प्रवेश गरेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । नेपाली पक्षले भने प्रभावकारी तरिकाले प्रतिवाद नगरेको भन्दै केही स्थानियवासीले दुःख व्यक्त गर्नुभएको छ ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६