प्रदेश

गठबन्धनले बनायो रामचन्द्रको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र समिति ।



काठमाडौं, २२ कार्तिक। पाँच दलीय सत्ता गठबन्धनको बैठकले राजनीतिक संयन्त्र गठन गरेको छ । बालुवाटारमा आज बसेको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक गठन गर्ने निर्णय गरेको हो ।

सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरेको हो । संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्बाट ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् । संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने श्रेष्ठको भनाई छ ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६