प्रदेश

कपिलवस्तुमा अस्ताउदो सुर्यलाई अर्घ दिई मनाईयो छठ पर्व, १० हजार बढीले गरे सामुहिक पुजा



कपिलवस्तु,  २४ कार्तिक । कपिलवस्तुमा अस्ताउदो सुर्यलाई अर्घ दिदै हर्षो ल्लासका साथ आज बुधवार छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा  छठी माताको पुजाआजा गर्दै यो पर्व मनाईएको हो ।

रामघाट र जमुहार नदीमा १० हजार बढी भक्तजनहरुले छठको सामुहिक पुजा गरेको छठ पुजा ब्यवस्थापन समितिले जनाएको छ । यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरुले सुर्यको बिशेष पुजापठा गरी सामुहिकरुपमा छठ मनाएका छन् ।

प्रशासन कार्यालयले घर घरमा पर्व मनाउन गरको आग्रहलाई उनीहरुले कुनै वास्ता गरेनन । यस बर्ष भने गत बर्षको तुलनामा भक्तजनहरुको संख्या दोब्बर थियो । यस बर्ष भक्तजनको संख्या बढेको पुजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए । भक्तजनह जम्मा भएर सामूहिकरुपमा पुजापाठ समेत गरेका थिए । पुजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयकासहभागी थिए । बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए ।

छठमा उपबास बसी  पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ । उनीहरुले उक्त नदीमा पुजा गरी प्रससादका रुपमा आज बासको सामग्रीमा अध्र्य दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका  परिकार चढाएका थिए ।  छठ पवका लागि पुजा ब्यवस्थापन  समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि बिशेष ब्यवस्था गरेको थियो ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६