अर्थ-वाणिज्य

रक्सी खाएर बबाल मच्चाउदा कांग्रेस सभापति प्रहरी नियन्त्रणमा



कपिलवस्तु २५ कार्तिक । रक्सीको नशामा बबाल मच्चाउँदा नेपाली काँग्रेस विजयनगर गाउँ समिति सभापति जानकी प्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएर छाडेकोछ । । बिजयनगर गाउँपालिका वडा नं। ६ खरेनी चोकमा यादवले स्थानीय सँग झगडा गरेको प्रहरीले बताएको छ । पदको धम्की लगाउँदै बबाल मच्चाउन लागे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधवार राती अन्दाजी ९ बजे प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगे पछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रण बहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागे पछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको थियो । 

प्रहरीले राजनैतिक दबाबका कारण १ घण्टा भित्रै नियन्त्रण मुक्त गरेको थियो । यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् । पक्राउ परेका यादव नेपाली काँग्रेस को असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । उनी गौतम बुद्ध साझेदारी बनका अध्यक्ष समेत हुन । घटनाको विषयमा सभापति यादव सँग सोधपुछ गर्दा आफूलाई  फसाएको दाबी गरे । उनले थप कुरा भेट गरेर बताउने जवाफ समेत दिए ।न्युज कारखानावाट 

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६