अर्थ-वाणिज्य

एमाले महाधिवेशन प्रतिनिधी चयनकालागि कपिलवस्तुमा ३ स्थान तोकिए



कपिलवस्तु २५ कात्तिक ।नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनका निम्ति एमाले कपिलवस्तुले निर्वाचन अधिकृतका निम्ति अभिमुखिकरण कार्यक्रम विहिबार जितपुरमा सम्पन्न गरेको जनाएको छ ।  महाधिवेशनका निम्ति कात्तिक २६ गते भोली विहान ८ः०० बजे देखि ११ बजे सम्म प्रतिनिधीको मनोनयन तालिका रहेको निर्वाचन समितिले जनाएको छ । जिल्लाको क्षेत्र नं. १ का लागि ओदारी, २ का लागि जिल्ला पार्टी कार्यालय तौलिहवा, क्षेत्र नं. ३ का निम्ति ब्यापार संघ चन्द्रौटा र दलितका निम्ति गोरुसिंगेमा उम्मेदवारी मनोनयन दर्ता हुने एमाले कपिलवस्तुले जनाएको छ । 

 त्यस्तै कात्तिक २७ गते १० बजे देखि वेलुका ३ः०० बजे सम्म मतदान समय तालिका रहेको एमाले कपिलवस्तुले जनाएको छ । मतदान केन्द्रहरु क्षेत्र नं. १ का लागि सिद्धार्थ क्याम्पस बुङ्गची र बग्दी विद्यालय, क्षेत्र नं. २ का लागि जिल्ला पार्टी कार्यालय तौलिहवा र गोरुसिंगे क्षेत्र नं. ३ का लागि चन्द्रौटा, गणेशपुर जिल्ला दलित मतदान केन्द्र गोरुसिंगे कायम गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

अभिमुखिकरण कार्यक्रम एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य विमला घिमिरे, एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारी लगायतले मन्तब्य राख्नु भएको एमाले जिल्ला सचिव बाबुराम आचार्यले बताउनु भयो । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा एमाले नेताहरु कृष्ण पौडेल, डम्मर शर्मा लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताउनु भयो । एक दिवसिय अभिमुखीकरण कार्यक्रमा जिल्लाका ३२ जना निर्वाचन प्रमुख एवम् अधिकृतहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ । 

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६