अर्थ-वाणिज्य

नव नियुक्त दुई मन्त्रीले लिए शपथ



हेटौंडा, २५ कात्तिक । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । वागमती प्रदेशमा नव नियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचिव निमा लामाले मन्त्रीको शपथ लिएका हुन् ।

जम्कट्टेलले अर्थ र लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ दिलाएका हुन् । वागमतीमा आज दुई मन्त्री थपिएसँगै ६ सदस्यीय मन्त्रिमण्डल बनेको छ । कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको बताइन्छ । भागवण्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६