अर्थ-वाणिज्य

कात्तिक २७ देखि २९ गतेसम्म हुने महाधिवेशन कला मन्दिरमा उद्घाटन



काठमाडौं, २५ कात्तिक । नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । आज (बिहीबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका स्थायी समिति सदस्य तथा अधिवशेन मूल व्यवस्थापन समिति संयोजक दिनानाथ घिमिरेले कात्तिक २७ देखि २९ गतेसम्म महाधिवेशन हुने जानकारी दिए । नारायणगढ नारायणी कला मन्दिरमा महाधिवेशनको उद्घाटन र बन्द सत्र हुनेछ ।

महाधिवेशनबाट आठ वटा दस्तावेज पारित र नेतृत्व चयन गर्ने कार्यक्रम छ । पार्टी नीति प्रधान रहने हुँदा अहिलेसम्म पार्टीमा महासचिव सीपी मैनालीकै नीतिप्रति एकमत जस्तै रहेकोले नेतृत्व परिवर्तनको सम्भावना नरहेको घिमिरेले जानकारी दिए । महाधिवेशनले केन्द्रीय सदस्य चयन गर्नेछ ।

केन्द्रीय सदस्यहरूले एक महासचिव, पार्टीको स्थायी समिति, पोलिटब्युरो र २० वटा विभागको नेतृत्व तोक्ने घिमिरेले बताएका छन् । ‘हामीले नेपाली क्रान्तिको बाटो के हुने भन्ने मूल रणनैतिक नीति ५९ सालको चैत्रमा गरेको तेस्रो सम्मेलनले टुंग्याएको छ । कामरेड सीपी मैनालीको नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवाद अंगिकार गरेका छौं । यो नीतिका बारेमा केन्द्रीय समितिसम्म अहिलेसम्म फरक मत आएको छैन । भोलि हलमा आउन सक्ला नसक्ला । पार्टीमा जसको नीति उसैको नेतृत्व हुने हुँदा मैनालीजी नै महासचिव हुने तय जस्तै छ,’ घिमिरेले सुनाए ।
अहिले मालेको केन्द्रीय समिति ६८ जना, पोलिटब्युरो २१ र स्थायी समिति ११ जनाको छ । अधिवेशनबाट परिवर्तन नभए यही संख्यामा नै नयाँ समिति बन्ने छ । पोलिट व्यूरो सदस्य भगवती घिमिरेले महाधिवेशनमा साढे ३ सय प्रतिनिधि आउने जानकारी दिइन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि आउँदो मंसिर १० देखि चितवनमै १० औं महाधिवेशन गर्दैछ । भर्खरै सत्ताबाट बाहिरिएको नेकपा एमालेको महाधिवेशनको प्रचार प्रसार तीब्र बनिरहेका बेला मालेले भने सुटुक्क महाधिवेशन गर्न लागेको हो ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६