प्रदेश

वाग्मतीमा मन्त्रिपरिषद् विस्तार, जम्मकट्टेल र लामा बने मन्त्री ।



मकवानपुर, २५ कार्तिक ।  वाग्मती प्रदेशमा थप दुई जना मन्त्रीले नियुक्ति लिएसँगै शपथ ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गर्नुभएको हो ।  कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले आज बिहीवार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । बेलुकी ५ बजेका लागि प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने भनिए पनि वाग्मती प्रदेशमा चार दलको गठबन्धन दलभित्र कुरा नमिलेपछि दुई घण्टा ढिलो गरी शपथ ग्रहण कार्यक्रम भएको थियो ।

जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरू दुवै जनालाई आज बेलुकै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गर्नुभएको छ । भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन । सत्तारुढ दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको बताइन्छ । भागबन्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ । 

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६