अर्थ-वाणिज्य

नायिका मल्लिकाले सार्वजनिक गरिन निर्माताले पेटमा रोटी बेल्न चहेको प्रस्ताव



एजेन्सी २६कार्तिक  । भारतीय नायिका मल्लिका शेरावतको नाम बोल्ड नायिकामा गनिन्छ । फिल्म उद्योगमा आफ्नो करियर बनाउँदा उनले धेरै कुराहरु भोगेकी छन् । उनी आफ्नो करियरका बारेमा सार्वजनिक रुपमा रहस्यहरु खोल्दैल आइरहेकी छन् । ती रहस्यहरुमा उनले निर्माताहरुले आफूलाई कसरी र कस्ता कस्ता माग गर्दछन् भन्ने खुलाएकी छन् । हालै उनले एक अन्तर्वार्तामा एक जना निर्माताले आइटम गीतका लागि आफूसँग अनौठो आइडिया लिएर आएको बताएकी छन् ।

मल्लिकाले ती निर्माताले उनको कम्मरमा रोटी पोल्न चाहेको देखिने गरि उनलाई हट हुन भनेको बताइन् । ‘द लव लाफ लिव शो’ मा अतिथिका रुपमा उपस्थित हुँदै उनले यस्तो बताएकी हुन् । मल्लिकाले यो गीतका बारेमा कुरा गर्दै गीतमा काम गर्न इन्कार गरेको बताइन् । तर यो उनलाई धेरै नै हास्यास्पद भने लागेको थियो ।

मल्लिकाले भनिन्, ‘मलाई भारतमा महिलाहरुलाई हट देखाउने यो आइडिया धेरै नै अनौठो लाग्यो । मलाई यस्तो कुरा कहिल्यै फुरेन । हो, अब मानिसको सोचमा परिवर्तन आएको छ र राम्रो वातावरण बनेको छ । तर मैले करियर सुरु गर्दा यो धेरै नै अनौठो थियो।’

मल्लिकाले ख्वाहिस र मर्डर जस्ता मिल्महरुका काम गरेर आफ्नो पहिचान बनाएकी थिइन् । उनलाई एक समय सेक्सको सिम्बलका रुपमा प्रस्तुत गरिन थालिएको थियो । उनले एक अर्का अन्तर्वार्तामा भनेकी छन्, ‘मलाई बोल्ड अनस्क्रीन रोलका लागि छानिने गरिन्थ्यो र पुरष कलाकारले पनि यसको फाइदा उठाउने कोसिस गर्दथे ।’

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६