काठमाडौं २६ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सिंगो मधेसी समुदायको अपमान गर्दै आपत्तिजनक अभिब्यक्ति दिनुभएको हो।मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्षित गरी लख्नै नमिल्ने आपत्तिजनक शब्द प्रयोग गर्नुभएको हो । श्रममन्त्री श्रेष्ठको भनाई थियो, ‘दुई तिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधिसेहरूलाई १२-१४ जना मन्त्री बनायो ।’ पूर्वप्रधानमन्त्री ओली र मधेसी समुदायप्रति मन्त्री श्रेष्ठको यो भनाई निकै आपत्तिजनक र पदमा बसिरहन नमिल्ने खालको रहेको छ ।माधव नेपाललाई पार्टी चलाउने खर्च जोहो गरेर मन्त्री बन्नुभएका श्रेष्ठ पछिल्लो समय निकै आपत्तिजनक हर्कत गर्दै जानुभएको छ ।मन्त्री श्रेष्ठको अभिव्यक्ति नश्लीय र आपत्तिजनक भएको भन्दै सामाजिक सञ्जालमा कडा बिरोध भएको छ । अधिकांशले तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन ।
२६ कार्तिक २०७८, शुक्रबार








प्रतिक्रिया