जीवनशैली

इन्धनको मूल्यवृद्धि विरुद्ध भएपछि विद्यार्थीले गरे बुटवलमा विरोध तथा आन्दोलन



 बुटवल २६ कार्तिक । आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको थियो। पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ, डिजल ११९ रुपैयाँ कायम भएको छ।

हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा पाँच रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए। अब हवाई इन्धन प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ।

यसैगरी, निगमले ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। अब ग्यास प्रतिसिलिण्डर १५७५ रुपैयाँ कायम भएको छ। 

इन्धनको मूल्यवृद्धि विरुद्ध विद्यार्थीले बुटवलमा विरोध तथा आन्दोलन गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा नाराबाजी गर्दै बिरोधमा उत्रिएका हुन् ।

अनेरास्वबियू रुपन्देहीले मूल्यवृद्धिको बिरोध गर्दै बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको थियो। 

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६