प्रदेश

अर्घाखाँचीका पोख्रेलले बनाए ब्याक गियर भएको इलेक्ट्रोनिक बाइक ।



अर्घाखाँची, २६ कार्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ मियाल पोखरीमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउनुभएको छ । बुटवलको नविन औद्योगिक कद्दर बहादुर रीता माध्यमिक विद्यालयबाट बिदाको समयमा घरमा बस्न आउनुभएका पोख्रेल बिदाको समयलाई सदुपयोग गरी कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाउनुभएको हो । घर वरिपरि नै रहेका खेर जाने वस्तु तथा बजारबाट आवश्यक वस्तुको सङ्कलन गरी ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएको सागर पोख्रेलको भनाइ छ । कसैबाट सहयोग पाएमा व्यावसायिक रूपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले निर्माण गरेको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । बुटबलमा ओभरसियर विषय पढ्दै गर्नुभएका सागरले निर्माण गरेको बाइकको एक औपचारिक कार्यक्रमको आयोजना गरी टुँडिखेलमा दौडाएका हुन् । सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, उपमेयर ठाकुरकुमार विक, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडे, १२ का वडाध्यक्ष नारायण खड्कालगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६