काठमाडौँ २७ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीले मसाल जुलुस निकालेको छ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे विरोधमा शुक्रबार साँझ अनेरास्ववियूले मसाल जुलुस निकालेको हो ।
बिहीबार मूल्यवृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थीले त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् ।विप्लव नेतृत्वको नेकपाले कात्तिक २७ कात्तिकमा दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ कात्तिक बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्काजाम र २९ कात्तिकमा दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाएको छ ।








प्रतिक्रिया