तुलसीपुर,
२७-कात्तिक/ तुलसीपुरमा धान ओसाउने पंखाले काट्दा एक बालिका घाईते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी गीता परियाारकी १६ महिनाकी छोरी सृष्टि परियारलाई धान ओसाउने पंखाले काटेर घाइते भएकी छिन् ।
विहिबार दिउँसो आमा सँग खेतमा गएकी बालीका खेल्ने क्रममा पंखाले आँखामा काटेको हो । घाइते सृष्टिको स्थानीय समाजसेवी खगेन्द्र डाँगीको सहयोगमा अस्पताल पुराइएको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी राप्ती आँखा अस्पताल रक्षाचौरमा पुर्याईएको थियो ।
अस्पतालका नेत्र विशेषज्ञ डा सुरेश रसाइलीकले बच्चाको आखाँमा गहिरो चोट लागेका कारण सल्यक्रिया गर्नुपर्ने बताएका छन् । तर अस्पतालमा सल्यक्रिया गर्दा बेहोस बनाउने व्यवस्था नभएका कारण बालिकालाई भैरहवा आँखा अस्पताल रिफर गरिएकको उनले बताए ।








प्रतिक्रिया