कपिलवस्तु २७ कार्तिक । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला अन्तरगत शिवराजमा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । शिवराज नगर कमिटी र विजयनगर गाउँ कमिटीको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक वक्ता पार्टीका केन्द्रीय सदस्य संजिवले एकीकृत जनक्रान्ती मार्फत नेपालमा क्रान्ति सम्भब देखेर प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको बताउनुभयो ।
उहाले हतियारको बलले बिचारलाइ नष्ट गर्न नसक्ने बताउनुभयो । राज्यलाइ ठग्ने एनसेललाई कार्वाही गरेको आफ्नो पार्टीको कदम अबैधानिक नभइ एनसेल नै अबैधानिक भएको उहाँले दाबी गर्नुभयो । नेपाली जनतालाई परनिर्भर बनाउने, सत्ता र कुर्सीका लागि देश नै बेच्न तयार हुने दलाल सत्ताका विरुद्ध आफ्नो पार्टीले निरन्तर संघर्ष गर्ने नेता संजिवले स्पष्ट पार्नुभयो ।
प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा कपिलवस्तु जिल्ला सचिव कमलले आफ्नो पार्टीको लोकप्रियता देखेर संसदवादीहरु अत्तालिएको बताउनुभयो । उहाले जनताको माझमा लोकप्रिय पार्टीलाई प्रतिबन्ध लगाएर दलालहरुले युद्ध चाहेको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा कपिलवस्तु जिल्ला सल्लाहकार समिति संयोजक हिमाल र शिवराज नगर र विजयनगर गाउँपालिका अन्तर्गतका वडा, गाउँ इन्चार्ज र कर्याकर्ताहरुले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया