अर्थ-वाणिज्य

महासचिव मैनालीले नै पार्टीको नेतृत्व गर्ने निश्चितप्राय



चितवन २८ कात्तिक । नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन आज (शनिबार) देखि चितवनको नारायणगढमा शुरु भएको छ । सोमबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गर्ने जनाइएको छ ।

पार्टीका महासचिव सीपी मौनालीले शनिबार नारायणी कलामन्दिरमा महाधिवेशनको उद्घाटन गरेका छन् । बन्द सत्र पनि सोही ठाउँमा हुने जनाइएको छ । महाधिवेशनमा विभिन्न आठ दस्तावेज र प्रतिवेदनहरूमाथि छलफल र निर्णय हुने बताइएको छ । पार्टीको आउँदो नेतृत्व पनि मैनालीले नै गर्ने सम्भावना रहेको नेताहरुले जानकारी दिएका छन् ।

पार्टीका स्थायी समिति सदस्य तथा अधिवेशन मूल व्यवस्थापन समितिका संयोजक दिनानाथ घिमिरेले मालेमा जसको नीति पारित हुन्छ त्यसैको नेतृत्व रहने बताएका छन् । पार्टीले सीपी मैनालीको ‘नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद’ लाई ५९ सालको चैत्रदेखि मूल रणनैतिक नीति मानेर आएको छ । सो नीतिका विषयमा हालसम्म फरक मत आएको छैन । त्यसैले पनि महासचिव मैनालीले नै पार्टीको नेतृत्व गर्ने निश्चितप्रायः भएको मालेका नेताहरू बताउँछन् ।

अब बन्ने नयाँ केन्द्रीय समितिले महासचिव नियुक्त गर्ने, स्थायी कमिटी र पोलिटब्यूरो निर्माण गर्ने तथा पार्टीका विभिन्न २० वटा विभागहरूको नेतृत्व टुङ्ग्याउने पार्टीका पोलिटब्यूरो सदस्य भगवति घिमिरेले जानकारी दिइन् । महाधिवेशनमा देशभरबाट ३५० जना प्रतिनिधिले भाग लिएका छन् । मालेले अब संसदीय व्यवस्थाको विकल्प खोज्न आवश्यकता देखेको महासचिव मैनालीले बताएका छन् ।

‘असफल भइसकेको बेलायती मोडलको संसदीय व्यवस्थालाई विस्थापित गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था कायम गरौं भन्ने हाम्रो जोड छ’ महासचिव मैनालीले भने । मालेले आफ्नो पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओ बिचारधाराका साथ नेपाल चिन्तनलाई मान्ने गरेको छ ।

कपा (माले) अहिलेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को प्रारुप पनि हो । वि सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव नै सिपी मैनाली थिए । उनी ०३९ सालसम्म महासचिव रहे । ०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) नामाकरण भएको हो । मैनाली ०५४ सालको फागुनसम्म एमालेमै थिए ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६