काठमाडौं २८ कार्तिक । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् ।शनिबारदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उनले वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै खनालले संविधान मार्फत् जबज कार्यान्वयन भइसकेको बताए ।
‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो’ नेता खनालले उल्लेख गरेका छन् । प्रतिवेदनमा उनले समाजवादी क्रान्ति र रुपान्तरणको दिशामा अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् ।








प्रतिक्रिया