अर्थ-वाणिज्य

सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट



काठमाण्डौ २८ कात्तिक । सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर १ गतेबाट लागु हुने गरि देशभरका सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने बताउनुभयो । अमार्क एशिया प्यासिफिक सँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आयोजना गरेको विपद् र सामुदायिक रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विपदका समयमा रेडियोहरूको भुमिका महत्वपुर्ण हुने भन्दै विद्युत महशुलमा छुट दिने निर्णय गरेको बताउनुभयो ।

ग्रामिण बस्ति देखि शहर सम्म सबैभन्दा प्रभावकारी सञ्चारमाध्यम रेडियो भएकाले सामुदायिक रेडियोलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । अमार्कका उपाध्यक्ष मिनबहादुर शाहिले सामुदायिक रेडियो सबैको पहुँचमा पुग्ने भएकोले रेडियोको सङ्ख्या बढाउनु भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विपदका समयमा प्रयोग गर्न मिल्ने गरि विपदबारे सूचना दिने निर्देशिका तयार गरेको जानकारी दिनुभएको थियो ।त्यसैगरि अकोरावका पूर्व अध्यक्ष सुवास खतिवडाले विपदबाट जनधनको क्षति कम गराउन सामुदायिक रेडियोले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले सामुदायिक रेडियो समुदायको विश्वास भएकोले विपदका समयमा पूर्वतयारी गर्न सामुदायिक रेडियो अझै सक्रिय हुनुपर्ने बताउनुभयो ।

त्यसैगरि सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका अध्यक्ष अर्जुन गिरिले कोरोना महामारिका समयमा सामुदायिक रेडियोले ८५ प्रतिशत भन्दा बढि कार्यक्रम उत्पादन गरेको जानकारी दिनुभयो ।सामुदायिक रेडियोलाई विद्युत महशुल छुट गर्ने निर्णय गरेको भन्दै उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बक्ताहरुले भुकम्प सहित कोरोना महामारिका कारण सामुदायिक रेडियोहरू सङ्कटमा परेको भन्दै योजना बनाएर अघि बढ्नुपर्ने बताएका थिए ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६