तुलसीपुर २९ कार्तिक । तुलसीपुरमा एक जना बालकको घर नजिकको कुलोमा डुबेर मृत्यु भएको छ।
तोरी खेतीमा पानी सिचाइ गर्ने कुलोको पानीमा खेल्दै गर्दा तुलसीपुर १२ कोवापुर निबासी कमल डागीको ३ वर्षीय छोरा कब्यानसन डागीको कुलोमा डुबेर मृत्यु भएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ। आज दिउँसो ३ बजे बालक कुलोमा डुबेका थिए।
उनको तुलसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। उनको शव पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।
प्रतिक्रिया