कपिलवस्तु, ३० कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकासका लागि उद्योग क्षेत्र नै पहिलो अधार भएको बताउँदै प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो ।
मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सम्वोनधनको क्रममा बताउनुभएको हो । मुख्यमन्त्री केसीले लुम्बिनीलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि परेको बताउनुभयो ।
उहाँले घरेलु तथा साना उद्योगको क्षेत्रबाटै बहुसख्यक मानिसहरुलाई रोजगारमुखी बनाउन सकिने बताउँदै त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको बताउँदै त्यसमा नै सबैको ध्यान केन्द्रीत गर्न आवश्यक रहेको छ ।
मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यावासीका लागि प्रदेश बैंक स्थापना गरिएको बताउँदै त्यसबाट सञ्चालनका सस्तो व्याजमा ऋण प्रदान गर्ने लागेको बताउनुभयो । घरेलु उद्योगबाट आम मानिसलाई समृद्धि गर्नका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया