प्रदेश

दुर्घटनामा गम्भीर घाइते डा. दीपकको ट्रमामा उपचार हुँदै, निःशुल्क उपचार गर्न सरकारको निर्देशन



कपिलवस्तु, ३० कार्तिक । दुर्घटनामा घाइते भएका डा दीपक खरेलको सबै उपचार निःशुल्क गर्न सरकारले निर्देशन दिएको छ। राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचाररत डा खरेलको सबै उपचार निशुल्क गर्न सरकारले निर्देशन दिएको हो। स्वास्थ्य सचिव डा रोशन पोखरेल ट्रमा सेन्टरमा पुगी उपचार सबै निशुल्क गर्न निर्देशन दिएको ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद जोशीले बताए। 

उनले भने, ‘स्वास्थ्य सचिवज्यू आउनु भएको थियो। उहाँले डा दीपक खरेलको सबै उपचार यही संस्थाले बेहोर्ने गरेर निशुल्क उपचार गर्न निर्देशन दिनु भएको छ।’

बाणगंगा वडा न ८ घर भई कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण उनलाई तीन दिनअघि ट्रमा सेन्टरमा रिफर गरिएको हो। 

ट्रमा सेन्टरमा हाल उनको न्यूरो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको छ। हाल उनी अचेत अवस्थामा छन्। स्वास्थ्यमा केही सुधार भएपनि अवस्था भने अत्यन्तै गम्भीर रहेको डा जोशीले जानकारी दिए। 

उनले भने, ‘उहाँको आइसीयूमा उपचार भइरहेको छ। उहाँको टाउको चोट लागेका कारण रगत जमेको छ। स्वास्थ्यमा केही सुधार आएका छन्। तर अवस्था भने निकै गम्भीर छ। हाम्रो टिमले उपचार गरिरहेको छ।’ डा. खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए। 

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६