प्रदेश

राप्रपा लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीप उदय निर्वाचित ।



बुटवल, ३० कात्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका प्रदीप उदय निर्वाचित भएका छन्  निर्वाचनमा २ सय ५६ मत प्राप्त गरी उदय अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार बाँकेका ऋषिराज देवकोटाले १९४ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित उदय राप्रपा लुम्बिनी प्रदेश तदर्थ समितिको अध्यक्ष थिए ।

भैरहवामा दुई दिनसम्म चलेको राप्रपाको प्रथम अधिवेशनमा अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । ५२४ मतदाता रहेकामा ४८४ मत खसेको र ३४ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत दिलिपकुमार मल्लिकले बताए ।

अधिवेशनबाट ३२ जना प्रदेश सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् । जसमा रुपन्देहीका राजेन्द्र अधिकारी, सब्बीर अली पठान, दीपक कुमार पाण्डेय, विश्वप्रकाश श्रेष्ठ छन् ।

बर्दियाका भूमिदत्त उपाध्याय, प्रभा के।सी।, नरबहादुर नेपाली, धर्मराज शाह, कपिलवस्तुका दीपक रजौरिया, सइद अहमद शाह, कनिज फातमा र बाँकेका मनोज सुनार, विजय लक्ष्मी क्षेत्री, वृृजेश बहादुर सिंह, विष्णु सिंह ठकुरी, तिलक बहादुर शाही, देवेन्द्र किरण श्रीवास्तव सर्वसम्मत सदस्य निर्वाचित भएका छन् ।

यस्तै पाल्पाका भोजेन्द्र बहादुर कुँवर, तेजप्रसाद पाण्डे, दाङका भुपाल रावत, प्याउली के।सी।, हिरालाल खड्का, गेहेन्द्र बहादुर बस्नेत, गुल्मीका युवराज राना, हिमालय के।सी।, यज्ञराज पाण्डे, अर्घाखाँचीका सुजन परियार, नवलपरासीका मनोहर रायमाझी, खेमराज खरेल, देवविक्रम शाह, प्यूठानका सुरज घिमिरे र सूर्य बहादुर पुन सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षले २५ प्रतिशत सदस्य मनोनित गरेपछि बस्ने पूर्ण बैठकले प्रदेश समितिका पदाधिकारी चयन गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६