पर्यटन

लक्ष्मणघाट शिर र जगदिशपुर ताल मुटु हो जलउपभोक्ताले बुझेनन् : श्रेष्ठ



कपिलवस्तु ३० कार्तिक । बाणगंगा सिंचाई विकास डिभिजन कार्यालयकी प्रमुख कोपिला श्रेष्ठले बाणगंगा सिंचाईको लक्ष्मणघाट सिर र जगदीपुर ताल मुटु भएकाले यसको संरक्षणमा जलउपभोक्ताले  बुझेनन्  भन्ने तर्क गरेकी छन् । उनले वाणगंगा जलउपभोक्ता समितीको साधारण सभामा वोल्दै यस्तो वताएकी हुन् । उनले अगाडी भनिन   जिल्ला कै सबै भन्दा पुरानो र ठुलो सिचाई प्रणालीमा अहिले बृहद आयोजना नहुदा समस्या भएको  छ ।

अहिले विकासको नाममा नहर क्षेत्र कै बाटोमा पिच लगायतका सडक बनाईदा मर्मत संभार गर्न गाह्रो परेको उनले बताएकि छन् । बाणगंगा नहरको विकास र संरक्षणमा उपभोक्ताले पनि चासो र ध्यान दिनु पर्ने सरोकारवालाले बताएका छन् ।बाणगंगा सिंचाई जलउपभोक्ता संस्था मुल समिति कपिलवस्तुको आठौ साधारण सम्पन्न भएको छ । 

कापिलवस्तुको तौलिहवामा  संपन्न साधारण सभामा सम्बोधन गर्दै  सो अवसरमा नेपाली कांग्रेस उप सभापति रामआषिष पाण्डेयले बाणगंगा नहर कृषकहरुकालागि बरदान नै भएकाले यसको संरक्षण र विकासमा सबैले चासो दिनु पर्ने बताए ।यस्तै कार्यक्रममा संसथाका पु्र्व अध्यक्ष नारायण बहादुर सिंहले उपभोक्ता समितिले नहरको विकासमा चासो दिनु पर्ने बताए । सो अवसरमा बृज बिहारी शुक्लाले सस्थाको आर्थिक र कोषाध्यक्ष सुनिल शुक्लाले  प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

मेवालाला यादवको अध्यक्षता, जगदीश (दिनेश ) पाण्डेयको संचालनमा भएको कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष नारायण बहादुर सिंह, जिल्ला सिंर्चा विकास डिभजिन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्याय, संस्थाका उपाध्यक्ष मोहन शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए । सभाले बिधान अनुसार कार्य समितिको म्याद थपेको अध्यक्ष यादवले बताए । बाणगंगा सिंचाईबाट ६ हजार २ सय बढि हेक्टरमा सिंचाई हुने गरेको छ । 

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६