काठमाण्डौं, ३० कार्तिक । नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत बेचिसकेको छ। विद्युत बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु ९नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ को विद्युत बेचिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ। यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत बिक्री गरिएको छ।
प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ। यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत आयोजनाबाट विद्युत भारतमा लगिएको छ। स्वदेशमा बढी भएको विद्युत मात्र भारत पठाइरहेको विद्युत प्राधिकरणको भनाइ छ।
प्रतिक्रिया