अर्थ-वाणिज्य

घरेलु तथा साना उद्यमीले छाने सर्बसहमत रुपमा प्रदेश नेतृत्व



कपिलवस्तु १ मंसिर ।  नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अधिवेशनवाट नयाँ नेतृत्व निर्विरोध रुपमा चयन भएको छ । बुटवलमा भएको महासंघको प्रदेश अघिवेशनबाट पुनः नेत्र प्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षत र महासघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको विशिष्ठ आतिथ्यतामा भएको अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीका अनुसार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसहमतीमा चयन भएको हो । जस अनुसार महासघको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल ( नवलपरासी), महासचिवमा जयश्वर पौडेल (बांके) , कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) रहेका छन् ।


त्यसैगरी महासघका प्रदेश कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल (पाल्पा), जित बहादुर महरा .(रोल्पा), दोणराज सुवेदी (कपिलवस्तु,), संजिव गहतराज (कपिलवस्तु), विनिता पोख्रेल (नवलपरासी )धनसिंह वली (बाँकें),सतिश कुमार अधिकारी (बांके ) रहेका छन् ।त्यस्तै महिला उद्यमी समितिको अध्यक्षमा शान्ती शर्मा, बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह रहेका छन् । सदस्यहरुमा शान्ति पौडेल, अनिषा केसी, सुनीता राणा, हिरा घले, मुना पाण्डे रहेका छन्। नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई महासघका केन्द्रिय अध्यक्ष श्याम गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।


 

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६