बुटवल, ०१ मंसिर । रुपन्देहीमा एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१४ बिन्दुनगरका २८ वर्षीय सन्दिप थापा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
थापालाई प्रहरीले बाट १ थान कटुवा पेस्तोलसहित तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो ।
उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया