प्रदेश

ओली र एमाले मधेस विरोधी होः प्रचण्ड



काठमाडौँ, ०१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड०ले एमाले पार्टी र त्यसको अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी भएको बताएका छन् । उनले आज महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यक्रममा यस्तो बताएका हुन् ।

प्रचण्डले माओवादीले पहिलेदेखि नै मधेशीहरुको पक्षमा रहेको भन्दै उनले मधेस विरोधी ओली, एमाले र महन्त–राजेन्द्रहरुको कारण अहिलेपनि संविधानमा मधेसको विषयमा प्रष्ट हुन् नसकेको उनले बताए । उनले भने, ‘ केपी ओली र एमाले मधेस विरोधी हो, राष्ट्र विरोधी हो ।’ उनले आफूले मधेसबाट चुनाव जितेर दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसको विषयमा संविधानमा संसोदन प्रस्ताव गर्दा ओलीले र एमालेको कारण रोकिएको उनले बताए ।

उनले आफूलाई मधेसको मसिहा भन्ने राजेन्द्र महतो र महन्त ठाकुर पनि ओलीसँग लम्पसार पर्दा मधेसको विषयमा संविधानमा संसोधन हुन नसकेको उनले बताए । उनले राजेन्द्र र महतो पनि मधेशको विरोधी भएको बताए । उनले आफूले दुई पटक संविधान संसोधन प्रस्ताव गरेको र त्यसलाई पास गराउन अन्तिमसम्म लड्ने बताए ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६