अर्थ-वाणिज्य

सर्वोच्चका पाँच न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको अभियानलाई अझै नछाडेको स्पष्ट



काठमाडौं १ मंसिर । सर्वोच्चका पाँच न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको अभियानलाई आफूहरूले पनि नछाडेको स्पष्ट पारेका छन् । नेपाल बार एशोसिएसनसँगको भेटवार्तामा बुधबार इजलास फर्किएको भनिएका पाँच न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले आफूहरू प्रधानन्यायाधीशले तोकेका सबै मुद्दा हेर्ने गरी इजलास नफर्किएको स्पष्ट पारेका हुन् ।

उनीहरू बारसँगको यसअघिका बैठकमा सहभागी भएका थिएनन् । आज बारका प्रतिनिधिले उनीहरूसँग छलफल गरेका हुन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठकाअनुसार न्यायाधीशहरूले इजलासमा प्रधानन्यायाधीशविरुद्धको अभियानमा आफूहरू बारसँगै रहेको भन्दै नागरिकका आपतकालीन मुद्दामा मात्र आफूहरूले हात हालेको बताएका छन् ।

‘बारले शुरु गरेको आन्दोलनमा हाम्रो समर्थन छ । तर, आन्दोलन अनिश्चतकालसम्म लम्बिँदा नागरिकको न्याय प्रभावित नहोस् भन्नेमा हामी सचेत छौं’, न्यायाधीशहरूसँगको भेटपछि उनीहरूको भनाइ उद्धृत गर्दै बार अध्यक्ष श्रेष्ठले भने, ‘हामी १९ जना न्यायाधीशहरको टिमबाट पनि अलग भएका छैनौं । बारको आन्दोलनप्रतिको ऐक्यबद्धताबाट पनि पछि हट्ने अवस्थामा छैनौं ।’ उनीहरूले आन्दोलनको मोर्चामात्र फरक भएको र आफूहरूले निश्चित प्रकारबाहेकका मुद्दाको सुनुवाइ नगर्ने बताएको श्रेष्ठको भनाइ छ ।

‘उहाँहरूले बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, मिलापत्र र तामेली बाहेकका मुद्दामा सुनुवाइ गर्दिनँ भन्नु भएको छ’, श्रेष्ठले सुनाए, ‘तीमध्ये बन्दी प्रत्यक्षीकरणमा मात्र बहस हुन्छ । बहस नहुने मुद्दामा नागरिकलाई सहयोग पुर्‍याउने कुरालाई हामीले पनि सकारात्मक रूपमा लिएका छौं ।’ उनले जारी बारको आन्दोलनलाई अझ सशक्त पारिने पनि बताए ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६